Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थप ४५१ जनामा कोरोना संक्रमण: संक्रमितको संख्या ६ हजार २११ पुग्यो

gautam-1592218400.jpg

सोमबार एकै दिन  जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सोमबार  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ६ जहार २११ पुगेको हो। 

आइतबार मात्रै ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। सोमबार पीसीआर विधिबाट १ लाख ३८ हजार ६८३ र आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ जनाको नमुना परीक्षण गरिएको छ।  पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६  र आरडीटी विधिबाट ८ हजार ६१५ जनाको नमुना परीक्षण गरिएको छ। 

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ३३  हजार ८२९ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन्। ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। रेडजोनमा  रहेका छन्। सोमबार थप ४९९ जना रेडजोनमा परेका छन्। 

यस्तै सोमबार थप ६७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा।जागेश्वर गौतमले  गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६७  जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।योसहित निको १ हजार ४१ पुगेको छ। जसमध्ये ९३७ पुरुष र १०२ महिला छन्।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०