Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२०० नाघ्यो

corona-update-t-1591462675.jpg

पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३२ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलाली र डोल्पामा गरी दुई जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरूको संख्या पनि १३ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरुष रहेका छन् । यस्तै, भक्तपुर कमल विनायककी ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । स्याङ्जामा १०, कास्की र नवलपरासी बर्दघाट सुस्तापूर्व ३–३ जना तथा बागलुङमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०