Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ३४४८ पुग्यो

bikasdevkota-1591527731.jpg

नेपालमा फेरि २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा २१३ नयाँ संक्रमित भेटिएको जानकारी गराएका हुन् ।योसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

संक्रमित हुनेमा झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना, दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना रहेका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७० हजार ७३२ जना रहेका छन् ।
त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ९६८ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४६७ रहेको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ९६ हजार २०५ परीक्षणहरु गरिएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०