Wednesday, 19th August, 2026
वि.स.

थप १९४५ मा संक्रमण पुष्टि, ५३६४ जना संक्रमणमुक्त

corona-photo-1605868828.jpg

 पछिल्लो २४ घण्टामा १९४५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा २७४० महिला र १२०५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । उनीहरुमध्ये १२९८ जनाको मृत्यु भएको छ भने १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५३६४ जना संक्रमणमुक्त भएका हुन् ।

हाल देशभर २४ हजार ६६५ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा छन् भने ४०३ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif