Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थप ११८जनामा कोरोना पुष्टि

gautam-1594378411.jpg

 नेपालमा कोरोनासंक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको हो। 

 बिहीबार १०८, बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।  स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पीसीआर प्रयोगशालामा चार हजार आठ सय ६ जनाको नमुना परीक्षण गरिएको छ। 

स्वास्थ्य मन्त्रालयले संक्रमण घट्दै गएको र जनजीवन सामान्य बन्दै जाँदा भिडभाडले अझ खतरा हुने प्रति सचेत गराएको छ। 

अहिले क्वारेन्टाइनमा २३ हजार नौ सय १० जना रहेका छन् भने आठ हजार ६ सय तीन जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने आठ हजार ११  पुगेको छ।  



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०