Tuesday, 25th August, 2026
वि.स.

थप ११६ जनामा कोरोना संक्रमण, ६९७ जना डिस्चार्ज

gautam-1594810110.jpg

 नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या १७ हजार एक सय ७१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार एक सय ७७ पुगेको हो। 

पछिल्लो २४ घण्टामा पाँच हजार ८० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइन २४ हजार पाँच सय २७ जना छन्। आइसोलेसन ६ हजार एक सय १३ जनाको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा ६ सय ९७ जनाले कोरोना जितेका छन्। 

मन्त्रालयका अनुसार ११ हजार २५ जनाले अहिलेसम्म कोरोना जितेका छन्। यो संख्या कुल संक्रमितमध्ये ६४ प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा। गौतमले जानकारी दिए। कोरोनाकै कारण ३८ जनाले ज्यान गुमाएका छन्। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif