Sunday, 23rd August, 2026
वि.स.

थप आठजना कोरोना संक्रमित डिस्चार्ज

discharge-1590742367.jpg

कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचाररत ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। कोरोना जितेका उनीहरु शुक्रबार अस्पतालबाट घर फर्केका हुन्।संक्रमण पछि दुईवटा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले शुक्रबार उनीहरुलाई डिस्चार्ज गरेको अस्पतालका मेसु डा। सर्वेश शर्माले बताए ।

अस्पतालमा उपचाररत मध्ये ८ जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका व्यवस्थापक ९हे अ० दोर्ण वलीले जानकारी दिए ।बाँके नरैनापुरका ३ जना, कपिलवस्तु कृष्णनगरका २ जना, कविलवस्तु कान्धी नगरका १ जना, शिवराज ११ कपिलवस्तु का १ जना र दाङ गढवाका १ जना गरी ८ जना डिस्चार्ज भएको व्यवस्थापक वलीले बताए ।

अस्पतालमा ४० जना कोभिड( १९ संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जना डिस्चार्च भएका हुन्। उपचाररत सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको वलीले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०