Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

त्रिविले व्यवस्थापन संकायका स्थगित परीक्षा मंसिरमा गर्ने

TU-1602553353.jpg

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका परीक्षा मंसिरमा गर्ने भएको छ।

मंसिर तेस्रो सातादेखि परीक्षा सुरू हुने त्रिविले सूचना निकालेर जानकारी गराएको हो। कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि रोकिएका परीक्षा चाडवाडलगत्तै सुरू गर्न लागिएको हो।  त्रिविले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै पुरानै तरिकाबाट परीक्षा लिन लागेको छ।

त्रिवि व्यवस्थापन संकायका अनुसार सेमेस्टर तर्फका स्थगित परीक्षा मंसिर तेस्रो साताबाट सुरू हुन्छ। सरकारले स्थगित परीक्षाहरू सञ्चालन गर्न अनुमति दिएसँगै त्रिविले गत असोज ६ मा बैठक गरी स्थगित परीक्षाहरू अब सञ्चालन गर्दै जाने निर्णय गरेको थियो।

परीक्षा तालिका छिट्टै प्रकाशित गरिने त्रिविले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०