Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

त्रिभुवन राजपथको दामन खण्डमा विहानैबाट सवारी जाम

मकवानपुरस्थित त्रिभुवन राजपथको दामन सडक खण्डमा विहानैबाट भएको सवारी जाम अझै खुल्न सकेको छैन । पृथ्वीराजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भएपछि रात्रीबस तथा माल बहाक ट्रकहरु त्रिभुवनराजपथ हुँदै काठमाण्डौका लागि आएका थिए ।

१७ असार विहानैबाट भएको जाम खुलाउने विषयमा काम भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । सयौ सवारी जाममा पर्दा गन्तव्यका लागि हिडेका यात्रुहरु अलपत्र परेको सवारी जाममै रहेकी सानु गौतमले जानकारी दिइन् ।

फोटोहरुः सानु गौतम