Tuesday, 18th August, 2026
वि.स.

तीन प्रदेशमा फैलियो मनसुन, मङ्गलबारसम्म देशव्यापी हुने

mausam-1623492114.jpg

प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी दिए । पौडेलका अनुसार यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्नेछ ।

मौसमविद्हरूले आगामी साता मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको प्रक्षेपण गरेका छन् । केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए । अबका केही दिन मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस वर्ष नेपालमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । साधारणतया अङ्ग्रेजी महिनाको जुन १३ देखि सेप्टेम्बरसम्मको चार महिनालाई नेपालसहित दक्षिण एशियाली क्षेत्रको मनसुन अवधि मानिन्छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif