Wednesday, 19th August, 2026
वि.स.

तासको खालमा प्रचण्ड !

prachanda-1508644710.jpg

 तिहारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालहरुमा देखिएको छ । प्रचण्डले आफ्ना परिवारका सदस्यहरु छोरी, ज्वाई, नातिनी लगायतसँग तास खेलिरेको तस्विर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको तास खेलेको विषय चर्चा आलोचनाको बनेको छ ।

यस्ता चाडवाडमा परिवारका सदस्यहरु रमाइलोका लागि दशैंमा पिङ खेल्ने नाचगान गर्ने तिहारमा देउसी भलौ खेल्ने गरिन्छ । कतिपयले रमाइलोका नाममा जुवातास खेल्ने गरेपनि त्यो कानुनी हिसावले वर्जित छ । माओवादी द्धन्दका क्रममा रमाइलोका लागि परिवारका सदस्यहरु मात्र बसेर खेल्दा पनि खेल्नेहरुलाई तास कोचाउने माओवादीका अध्यक्ष नै परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेर के सन्देश दिन खोजको कतिपयले प्रश्न गरेका छन् ।

माओवादी नेतृत्वले घरमै तास खेल्नु कुन आश्चर्य भयो भनेर टिप्पणी गर्नेहरु पनि सामाजिक सञ्जालमा देखिएका छन् । प्रचण्डले परिवारका सदस्यहरुसँग रमाइलोकै लागि खेलेको भएपनि तस्विर सार्वजनिक भएपछि भने आम नगरिक माझमा नकारात्मक सन्देश जाने छ यसमा उनलका आफन्तहरुले ध्यान नदिएको जस्तो दखिन्छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif