Sunday, 16th August, 2026
वि.स.

तामाङ दोहोरी ‘बोर्ला ङाई याम्बुरी’ गीत शुक्रवार सार्वजनिक गरिने

Capture-1560340583.jpg

विभिन्न विधामा गीत गाएर गायन क्षेत्रमा आफ्नो छुट्टै छवि बनाउन सफल गायक अशोक तामाङ र गायिका जस्मिन तामाङको तामाङ दोहोरी ‘बोर्ला ङाई याम्बुरी’ भन्ने  वोलको गीत शुक्रवार सार्वजनिक गर्ने भएको छ ।

उक्त गीतको भिडियो समेत सम्पादनको अन्तिम चरणमा पुगेको र म्युजिक भिडियो सहित यही जेठ ३१ गते शुक्रबार सार्वजनिक गर्न लागेको गायक तामाङले जानकारी दिनुभएको हो ।

गायक तामाङका अनुसार जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत सो गीत सार्वजनिक गरिने छ । गीतमा अशोकको नै शव्द संगित रहेको छ । जसलाई जस्मिनले साथ दिनुभएको छ ।

गीतको म्युजिक भिडियोमा गायक अशोकले नै अभिनय गर्नुभएको छ भने मोडल अनिता गोलेले साथ दिनुभएको छ । भिडियोलाई अभि लामाले कोरियोग्राफी तथा निर्देशन गर्नुभएको हो ।

नारीकोसिस डटकमबाट साभार



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०