Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

तामाकोसीमा ठूलो बाढीको त्रास घट्यो, सिडिओ भन्छन्- अबस्था सहज बन्दै छ

tamakoshi-1624164293.jpg

चीनको तिब्बत क्षेत्रमा गएको पहिरोले तामाकोसी नदीको मुहान थुनिँदा उत्पन्न भएको बाढीको त्रासमा केही कमी आएको छ।

नदी थुनिँदा बनेको तालबाट शनिबार दिउँसोदेखि पानी बग्न थालेपछि बाढीको त्रास केही घटेको दोलखाका प्रुमख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए। ‘चिनियाँ पक्षले तालबाट पानी बग्न थालेको जानकारी गराएका छन्,’ प्रजिअ घिमिरेले आइतबार बिहान नेपालखबरसँग भने, ‘आज (आइतबार) दिनभरीमा तालबाट पानी बहिरिसक्ने अपेक्षा गरिएको छ।’

उनले तालमा जमेको पानी बग्न थालेपछि तामाकोसीमा पानीको बहाब केही बढे पनि खतरा नरहेको बताए। ‘आइतबार रातिदेखि तामाकोसीमा पानीको बहाब केही बढेको छ,’ घिमिरेले भने, ‘तालको पानी एकै पटक खोलिन्छ कि भन्ने डर थियो, तर त्यस्तो नहुने देखियो। अब धेरै त्रास छैन।’

घिमिरेका अनुसार आजपनि चिनियाँ पक्षले पहिरो हटाएर जमेको पानीलाई बाहिर निकाल्ने तयारी गरेका छन्।

दोलखाको नेपाली सीमा नजिकै चीनको तिङ्ग्री काउन्टी क्षेत्रमा शुक्रबार गएको पहिरोले तामाकोसी नदीको सहायक रोङ्सी खोला थुनिएर ठूलो ताल बनेको थियो। जसको कारण दोलखा र रामेछापको तामाकोसी तटिय क्षेत्रमा बाढीको त्रास उत्पन्न भएको थियोतामाकोसीमा आउनसक्ने बाढीबाट तटिय क्षेत्रका बासिन्दालाई जोगाउन स्थानीय प्रशासनले हाइअलर्टसमेत जारी गरेको थियो। ठूलो बाढीलाई रोक्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयसमेत खाली गरिएको थियो। शनिबार दिनभरीमा जलासय खाली भएको प्रजिअ घिमिरेले बताए।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०