Wednesday, 19th August, 2026
वि.स.

ताकेता गर्दा पनि स्थानीय तहमा गएनन् शिक्षाका कर्मचारी

EDYU-1503972102.jpg

शिक्षा मन्त्रालयले खटाइएका कर्मचारीलाई स्थानीय तहमा गएर काम गर्न ‘अल्टिमेटम’ दिए पनि वरिष्ठताको विवादले उनीहरु गएका छैनन् । खटाइएका केही कर्मचारी स्थानीय तहमा हाजिर भए पनि काम नपाएपछि निराश भएर दिन कटाइरहेका छन् ।

मन्त्रालयले स्थानीय तहमा खटाइएका शिक्षा सेवाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन ६ भदौमा निर्देशन दिएको थियो ।

विभिन्न कारण देखाउँदै स्थानीय तहमा नगएपछि उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसहितको बैठकले खटाइएका कर्मचारीलाई हाजिर हुन र सोको जानकारी दिन निर्देशन दिएको थियो । तर, अधिकांश कर्मचारी अझै पनि सरुवा गरिएको स्थानमा गएका छैनन् । १३ भाद्रको नयाँ पत्रिका दैनिकमा खबर छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif