Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

तरकारी निर्यातमा अपनाइने सुरक्षाको विषयमा टौखेलमा छलफल

Taukhel-1589875561.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० टौखेलमा स्थानीय किसानले उतपादन गरेको तरकारी बजारसम्म पु¥याउँदा अपनाउने सुरक्षात्मक व्यवस्थकाो विषयमा छलफल भएको छ । 

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पालुङका डाक्टर सुबोध चापागाई, थाहानगर क्वारेन्टाइनका डाक्टर उदय रोकाले सहजीकरण गरेका थिए । थाहा–१० का वडा अध्यक्ष हिराबहादुर गमाल तथा वडा सदस्यहरु दिपक गोेपाली, रामकृष्ण गमाल र पानमाया वि.क., १० नम्बर वडा कार्यालयकी कृषि प्राविधिक कमला सुवेदी, वडा सचिव चक्रबहादुर ठगुन्नालगायतको विषेश उपस्थितीमा भएको छलफलमा स्थानीय तरकारी व्यापारी, किसान तथा सरोकारवलाहरुको सहभागिता रहेको थियो । 

वडाबाट तरकारी निर्यातका लागि सवारी चलाउने चालकले पिपीई लगाउनु पर्ने स्यानीटाइजर, मास्क, पञ्जा प्रयोग गर्नुपर्नेलगायतको विषयमा छलफल भएको छ । बैठकले तरकारी बोक्ने गाडीलाई पनि अनिवार्य सेनिटाइज गर्ने निर्णय भएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०