Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

तरकारी जोन शिखरकोटमा सूचीकृत हुने म्याद थपियो (हेर्नुहोसु सूचना सहित)

JOn-1599142236.jpg

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) थाहा नगरपालिका शिखरकोटले कृषक समूह, कृषि फर्म, कृषि सहकारी, कृषि उपभोक्ता समिति जल उपभोक्ता समिति सूचीकृत हुने म्याद थपेको छ ।

तरकारी जोनले १८ भाद्रमा सूचना प्रकाशित गरी म्याद थप गरेको जोन व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन विष्टले जानकारी दिए । तरकारी खेतीको उत्पादन, व्यवशायिकीकरण, प्रशोधन तथा बजारीकरण गर्ने उद्देश्यले संचालन गरिने कार्यक्रमहरुका लागि सूचीकृत गर्ने म्याद थपिएको हो । 

जोनले यसअघि १५ भाद्रसम्म मात्र म्याद दिएर सूचना प्रकाशन गरेको भएपनि कोभिड–१९ का कारण छुटेकाहरुका लागि भाद्र मसान्तसम्म म्याद थपेको जोन पालुङका प्रमुख तथा वरिष्ट कृषि अधिकृत महेश्वर लामिछानेले बताए । 

हेर्नुहोसू सूचना



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०