Tuesday, 18th August, 2026
वि.स.

तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै

v-1616749097.jpg

चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा बुधबार र बिहीबार पूर्वी चितवनको राप्ती र भरतपुर महानगरपालिका–२५ का किसानसँग अन्तक्र्रिया गरिएको थियो । 

चितवनका किसानले उत्पादन गरेको तरकारी काठमाडौँको कालीमाटीमा विषादी परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा भेटिएपछि जनचेतनामूलक कार्यक्रम गरिएको कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए ।

कालीमाटीमा गरिएको परीक्षणमा चितवनबाट पछिल्लो समय अत्यधिक विषादीको मात्रा भएका तरकारी उत्पादन भएको भेटिएको उनले बताए । “जिल्लामा पालिका र कृषि ज्ञान केन्द्रमार्फत पनि कार्यक्रम भइरहेका छन्, हामी पनि यसबारे किसानलाई जानकारी प्रदान गर्न किसानको खेतबारीमा पुगेका छौँ”, उनले भने । कालीमाटीमा बढी तरकारी जाने जिल्लामा चितवन पर्छ । “यहाँबाट उत्पादन भएको तरकारी नष्ट गर्नुपर्दा किसानलाई नोक्सान हुने गरेको छ, नगर्दा उपभोक्ताले विषादी खाने अवस्था छ”, उनले भने । उनले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि छुट्टै स्टलको व्यवस्था गरेको जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif