Friday, 21st August, 2026
वि.स.

ढाँटेर नागरिकता बनाउनेको छानविन हुन्छ: सिडिओ तामाङ

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले नाम र ठेगाना ढाँटेर नेपाली नागरिकता लिनेहरुको छानविन गर्ने बताएका छन् ।

नाम र ठेगाना ढाँटेर भारतीयहरुले नेपाली नागरिकता लिएको भन्दै पर्सा जिल्ला बसडिल्ला वडा नम्बर ७ बस्ने उसमान अन्सारीले २२ वैशाखमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएपछि यो विषय बाहिर आएको हो ।

पाँच जना भारतीयले आफ्नो नाम, ठेगाना ढाँटेर नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी परेको हो ।  भारतको बिहार पूर्वी चम्पारण अञ्चल रामगढवा प्रखण्ड रामगढवा डाकभर आमोदेई ग्राम पन्चायत रघुनाथपुर घर भएका ५ जनाले, हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने इव्राहिम अंसारीको छोरा बनी नेपाली नागरिकता प्राप्त गरेको भन्दै  पर्सा जिल्ला बसडिल्ला वडा नम्बर ७ बस्ने उसमान अन्सारीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा महमद जावेद अंसारी, सकिल अंसारी, एजाज अंसारी, प्रवेज अंसारीलाई प्रतिवादी बनाईएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif