Sunday, 16th August, 2026
वि.स.

डेंगुबाट आतंकित नहुन जनस्वास्थ्यको आग्रह

डेंगु रोगबाट नागरिकहरुलाई आतंङ्कित नहुन आग्रह गरेको छ । डेंगु लामखुट्टेबाट सर्ने एक किसिमको राग हो । मकवानपुरमा समेत यो रोगको संक्रमण बढ्न थालेको अवस्थामा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपरले यस्तो आग्रह गरेको हो । 

कार्यालयले हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिइएको हो । डेंगु लामखुट्टेको टोकाइबाट हुने संक्रमण भएको र यो रोगले ज्यान जाने खतरा नरहेको पत्रकार सम्मेलनमा जानकारी दियएको थियो । डेंगुको संक्रमण हुँदा ज्वरो आउने, रुघा लाग्ने जस्ता लक्ष्ण देखा पर्ने जनस्वासथ्य कार्यालयका रामचन्द्र पाठकले जानकारी दिए । उनले रगत परिक्षण पश्चात १ लाख ५० हजार भन्दा कम प्लेटलेस्ट तथा ४ हजार भन्दा कम सेता रक्तकोषको काउन्ट रहेमात्र डेंगुको परिक्षण गर्नुपर्ने बताए ।

उनले आफ्नो घरवरीपरी पानी जम्ने ठाउँलाई सफा बनाए डेंगुको संक्रमणबाट बच्न सकिने बताए ।

मकवानपुरमा ६८ डेंगु संक्रमित

मकवानपुरमा पनि ६८ जनामा डेंगुको संक्रमण देखिएको छ । लामखुट्टेको टोकाईबाट हुने संक्रमलामखुट्टेण बढदै गएपछि मकवानपुर प्रभावित हुँदै गएको  छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार ३० जनाले जनस्वास्थ्य कार्यालयको प्रयोगशालामा रगत परीक्षण  गराउँदा संक्रमण फेला परेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शशिकान्त सिंहका अनुसार ३८ जनाले मकवानपुरका विभिन्न अस्पतालमा रगत परीक्षण गर्दा डेंगुको संक्रमण भेटिएको छ ।  ‘डेंगुका विषाणुद्वारा संक्रमित एडिस एडिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छ’–सिंहले भने, ‘ज्वरो आउने, शरीर दुख्ने, ढाडजोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा रातो बिँमिरा आउनेजस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउनुपर्छ ।’

डेंगुको महामारी नियन्त्रण र रोगको निदान गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले हेटौंडा अस्पतालमा निःशुल्क रगत परीक्षणको व्यवस्था गरेको   छ । हेटौंडा उपमहानगरपालिकाले डेंगुबाट सावधानी अपनाउन आग्रह गर्दै बजारक्षेत्रमा माइकिङसमेत गरिरहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०