Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

accident-new-1601885103.jpg

 गुल्मीमा ट्र्याक्टर दुर्घटनामा परि सोमबार एक जनाको ज्यान गएको छ भने दुई जना घाइते बनेका छन् ।

गुल्मीको गुल्मी दरबार गाउँपालिका १ अन्तर्गत बलिथुमबाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको  लु ४ त २८३३ नम्बरको ट्र्याक्टर सोमबार बिहान बलीथुमको टापुमा दुर्घटना भएको हो । दुर्घटनामा परि ट्र्याक्टरमा सवार गुल्मी दरबार गाउँपालिका १ माझीगाउँ बस्ने वर्ष १६ का धनबहादुर माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । उनको ट्र्याक्टरको चक्काले च्यापेर ज्यान गएको हो ।

दुर्घटनामा परि गुल्मी दरबार गाउँपालिका १ माझीगाँऊ बस्ने वर्ष १५ वर्षका लालबहादुर बुढामगर र ट्र्याक्टर चालक कपिलवस्तु घर भएका वर्ष ३० का रेशम ताम्राकार घाइते बनेका छन् । घाइतेहरुको अहिले स्थानीय शुभ सारथी मेडिकल मजुवामा उपचार भइरहेको प्रहरी सहायक निरीक्षक कृष्णबहादुर गाहाले बताए ।

दुर्घटना भएको त्यस ट्र्याक्टर सडकदेखि २० मिटर तल खसेको थियो । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०