Wednesday, 26th August, 2026
वि.स.

ट्रकले किचेर साहुको मृत्यु

death-body-1606291986.jpg

काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्रकका साहु रहेका छन् । चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मङ्गलबार मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीले ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए। प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif