Tuesday, 18th August, 2026
वि.स.

ट्रकमाथि नै खस्यो पहिरो

truck-1-1625207944.jpg

पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक खण्डको जाममा फसेको ट्रकमाथि नै पहिरो खसेको छ । उक्त सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका ६ जलवीरे नजिकै जाममा लामबद्ध रूपमा रोकिराखेको ट्रक माथि आज बिहान करिब ७ बजेतिर पहिरो खसेको हो ।

पहिरोमा नारायणगढबाट मुग्लिनतर्फ सामान बोकेर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ । पहिरोमा ग २ च ४०२९ नं। को एउटा स्कोरपियो गाडी पनि फसेको छ । पहिरोले अर्को एउटा यात्रु बाहक बसमा समेत सामान्य क्षति पुर्‍याएको छ । उक्त राजमार्ग अहिले पूर्ण रूपमा दुईतर्फी नै बन्द रहेको छ । 

पहिरो पन्छाएर राजमार्ग सुचारु गराउन बिहानैदेखि प्रहरी र सडक विभाग लागि परे पनि ठाउँ ठाउँमा गएको पहिरोका कारण राजमार्ग खुलाउन कठिन परिरहेको छ । बुधवारदेखि निरन्तरको बर्षाका कारण पहिरो गइरहने भएकोले मुग्लिन–नारायणगढ सडक खण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif