Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

ट्युवेल बनेपछि वनकरिया हर्षित

Bankariya-TyuBel-&-Khanek-1604853962.JPG

खानेपानीको समस्या झेल्दै आएका लोपोन्मुख जाति वनकरियावस्तीमा दश वटा ट्युवेल संचालनमा आएपछि खुशी भएका छन् । खोल्साको पानीको पर्याप्त हुने र कुलोको पानी प्रदुषित भएपछि वनकारियाहरु पानीको समस्यामा थिए ।

आदिवासी मामिलाहरुको लागि अन्तर्राष्ट्रिय कार्य समूह(आईडब्लुजीआईए)को आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमार्फत् ट्युवेल निर्माण गरिएको हो । २० घर रहेको वनकारियावस्तीमा तीन लाख ३० हजार रुपैंयाको लागतमा दश वटा ट्युवेल निर्माण गरिएको छ ।

ट्युवेलको मनहरी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ध्रुव खड्काले आईतबार उद्घाटन गरे । ट्युवेल निर्माण गर्न सन्तोषी वनकारियाको संयोजकत्वमा खानेपानी व्यवस्थापन समितिले समन्वय गरेको थियो । वनकरिया महिला विकास संघकी अध्यक्ष माया वनकरियाले ट्युवेल निर्माण भएपछि भाँडा माझ्न, लुगा धुन कुलोको मलमुत्र मिसिएको पानी प्रयोग गर्नबाट मुक्ती पाएको बताईन् ।

यसैविच, कोरोना भाईरस(कोभिड–१९)का कारण बेरोजगार भएका वनकरिया महिलालाई खाद्यान्न वितरण गरिएको छ । १९ वनकारिया परिवारका महिलालाई चामल १ बोरा, तेल र नुन प्रदान गरिएको थियो । साथै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले वनकरिया समुदायमा भुमी अधिकारसम्वन्धी वकालत कार्यक्रम गरेको छ । कार्यक्रममा महासंघकी कोषाध्यक्ष निर्मला भुजेल र सचिव सावित्रा चेपाङले सहजिकरण गरेका थिए ।

ट्वाङ्ग्रे डाँडा वनकरिया विकास समितिकी अध्यक्ष सन्तमाया वनकरियाको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ का वडा सचिव विदुर पाठक, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी कोषाध्यक्ष निर्मला भुजेल, सचिव सावित्रा चेपाङ लगायतको आतिथ्य रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०