Wednesday, 26th August, 2026
वि.स.

ट्याङ्करले ठक्कर दिँदा एक जनाको मृत्यु

death-body-1605692926.jpg

महोत्तरी जिल्लाको बर्दिवासमा बुधबार बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, बुधबार बिहान तेल बोकेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५२१ नं को ट्याङ्करले बर्दिबासस्थित भावना पेट्रोल पम्पबाट मोटरसाइकलमा तेल भरेर निस्कँदै गरेको ग ९ प ५३२१ नं को मोटरसाइकललाई ठक्कर दिँदा परियारको मृत्यु भएको हो ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले घटनामा दाजुको मृत्यु भएको र नाम नखुलेको भाइको अवस्था सामान्य छ ।ठक्कर दिने टयाङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif