Wednesday, 26th August, 2026
वि.स.

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

accident-new-1607493527.jpg

 पूर्वपश्चिम राजमार्गको चितवनकाे खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान ६ः३० बजे लोथरबाट नारायणगढतर्फ आउँदै गरेको लु १ ख ६५८१ नंको तेल बोकेको ट्याङ्करले ना ४१ प ९८६२ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्याङ्कर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif