Tuesday, 25th August, 2026
वि.स.

टिष्टुङको ढुङ्गाखानीमा ज्यान गुमाएका मोक्तान परिवारलाई १५ लाख क्षतिपूर्ति

Dhunga-1597414454.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँमा रहेको ढुङ्गाखानीमा आएको पहिरोमा परी ज्यान गुमाएका ५४ वर्षिय काले मोक्तानको परिवारलाई १५ लाख रुपियाँ क्षति पुर्ति दिने सहमती भएको छ । 

चौध वर्षदेखि सो खानी संचालन गर्ने माइनिङ एण्ड माइनिङ इन्डष्ट्रिज प्रा.लि. मा कार्यरत मोक्तानलाई वर्षको १ लाखका दरले १४ लाख र किरिया खर्च वापत थप १ लाख रुपियाँ दिने सहमती भएको स्थानीय मंगल तामाङले जानकारी दिए । 

ढुङ्गाखानीमा २९ साउन साँझ आएको पहिरोमा परी वेपत्ता भएको मोक्तानको शव ३० साउन विहान स्थानीय र प्रहरीको सहयोगमा फेला परेको थियो । 

यसैबीच मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमती भएपछि अवरुद्ध त्रिभुवन राजपथ खुलेको छ । स्थानीयहरुले क्षतिपूर्तिको माग गर्दै पहिरो पन्छाउन रोकेका थिए । 


सातवटा ट्रिपरमा क्षति

गैरीगाउँको ढुङ्गा खानीमा गएको पहिरोमा परी ७ वटा ट्रिपरमा क्षति पुगेको छ ।

पहिरोमा परी ना ३ ख २५९५, बा ५ ख ६१६४, बा ४ ख २३५६, बा ३ ख ७५५४, बा ४ ख ४६२२, बा ५ ख ८३७८ र प्र–३–०१ ख ४७२१ ट्रिपरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

पहिरोमा परी तीनवटा ट्रिपरमा बढि क्षति भएको र बाँकीमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । पहिरोमा परी एउटा एक्साभेटरमा पनि क्षति पुगेको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif