Tuesday, 25th August, 2026
वि.स.

टिष्टुङ डुङ्गाखानी अपडेटः पुरिएका एकजनाको शव भेटियो, उद्धार कार्य जारी

थाहा नगरपालिका वडा नम्बर १२ गैरी गाउँमा रहेको ढुङ्गाखानीमा पहिरोले पुरीदा एकजनाको ज्यान गएको छ । २९ साउन साँझ ढुङ्गाखानीमा गएको पहिरोमा परी स्थानीय काले मोक्तानको ज्यान गएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । मुक्तानको शब विहान भेटिएको हो । 

पहिरोमा एउटा एक्साभेटर र तीन वटा ट्रिपर पुरिएको अनुमान छ । ति सवारी साधन पहिरोमा नदेखिने गरी पुरिएको स्थानीय मंगल तामाङले जानकारी दिए । पहिरो गएपछि स्थानीय र इलाका प्रहरी कार्यालय पालुङका प्रतिनीधिहरु प्ुगेको भएपनि राती उद्धारका काम गर्न नसकिएको प्रहरीले जनाएको छ । 

पहिरोमा ३० साउन विहानैबाट स्थानीय र सुरक्षाकर्मीहरुले उद्धारको काम थालेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif