Monday, 24th August, 2026
वि.स.

टिष्टुङका कोरोना संक्रमित चढेको चालकको पनि रिपोर्ट आयो

CORONAaa-1590631274.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का कोरोना संक्रमित पुरुष चढेको सवारी चालकको पनि पिसिआर परीक्षण गरिएको छ । 

थाहा नगरपालिकाका ल्याब टेक्निसियनले स्वाब संकलन गरी हेटौंडा पठाएकोमा चालकको रिपोर्ट नेगेटिभ आएको डाक्टर उदय रोकाले जानकारी दिए । त्यस्तै संक्रमित परिवारको सम्पर्कमा रहेका टिष्टुङका दुई जनाको आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको डाक्टर सुबोध चापागाईले जानकारी दिए । 

यसअघि संक्रिमित परिवारको पनि कोरोना जाँचका लागि हेटौंडामा पिसिआर गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif