Monday, 17th August, 2026
वि.स.

टिपर र माेटरसाइकल ठाेकिँदा ओखरबजारका प्रधान घाइते

dataset-card-1626707006.jpg

त्रिभुवन राजपथको पालुङ-कुन्छाल सडक खण्डको ओखरबजार नजिक ४ साउनमा टिपर र मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन् ।

बिपरित दिशाबाट आएको टिपर र मोटरसाइकल ठोक्किदा मोटरसाइकलको पछाडि बसेका थाहा १ ओखरबजारका ४३ बर्षीय राजमान प्रधान घाइते भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

बज्रबाराहीबाट पालुङतर्फ आउदै गरेको ना ५ ख ३६४६ नम्बरको टिपरले कुन्छालतर्फ गइरहेको बा ७९ प ४८०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका प्रधानको पालुङमा सामान्य उपचार गरी थप उपचारकाे लागि  नर्भिक अस्पताल काठमाडौं लगिएकाे छ । साे दुर्घटनामा मोटरसाइकल चालक कृष्णकाजी प्रधान सामान्य घाइते भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif