nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

टिपर र माेटरसाइकल ठाेकिँदा ओखरबजारका प्रधान घाइते

dataset-card-1626707006.jpg

त्रिभुवन राजपथको पालुङ-कुन्छाल सडक खण्डको ओखरबजार नजिक ४ साउनमा टिपर र मोटरसाइकल ठोक्किदा एक जना घाइते भएका छन् ।

बिपरित दिशाबाट आएको टिपर र मोटरसाइकल ठोक्किदा मोटरसाइकलको पछाडि बसेका थाहा १ ओखरबजारका ४३ बर्षीय राजमान प्रधान घाइते भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

बज्रबाराहीबाट पालुङतर्फ आउदै गरेको ना ५ ख ३६४६ नम्बरको टिपरले कुन्छालतर्फ गइरहेको बा ७९ प ४८०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका प्रधानको पालुङमा सामान्य उपचार गरी थप उपचारकाे लागि  नर्भिक अस्पताल काठमाडौं लगिएकाे छ । साे दुर्घटनामा मोटरसाइकल चालक कृष्णकाजी प्रधान सामान्य घाइते भएका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)