Tuesday, 18th August, 2026
वि.स.

टिपर दुर्घटनामा मकवानपुरका चालकको मृत्यु

death-body-1615796268.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मसिने भिरमा आइतबार राति टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका–२ मसिनेबाट ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ५९९ नम्बरको टिपर राति ९ बजे दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा टिपरका चालक मकवानपुरको भिमफेदी–२ का २५ वर्षीय विनोद बलको मृत्यु भएको हो ।टिपर सडकबाट करिब ६ सय मिटर तल खसेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif