Tuesday, 25th August, 2026
वि.स.

टिपरको ठक्करबाट मकवानपुरमा प्रहरी हवल्दारको मृत्यु

triper-1591856327.jpg

 हेटौंडामा टिपरको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलि घरभई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत ३५ बर्षिय प्रहरी हवल्दार केशर दोर्जे थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रबक्त्ता प्रहरी नायक उपरिक्षक इन्द्र बहादुर राणले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका वडा नं. १ स्थित राप्ती पुलमा ना ८ ख ७५५८ नम्बरको टिपरले प्र ३–०२–०१२ प १३३८ नम्बरको स्कुटरलाई ठक्कर दिदा थिङ गम्भिर घाईते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा राती मृत्यु भएको प्रबक्ता रानाले जानकारी दिए ।

टिपर  चालकलाइ प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान भईरहको जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif