Monday, 17th August, 2026
वि.स.

टिपरको ठक्करबाट सञ्चारकर्मीको मृत्यु

death-body-1624086891.jpg

सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका वडा नम्बर ८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपुर्वा तर्फ जाँदै गरेको टिपरले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीस्थित जुनतारा एफएममा कार्यरत संचारकर्मी अर्जुन कुशवाहा महतोको मृत्यु भएको हो ।

संचारकर्मी महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी समेत गरेका छन् ।  टिपर चालक भने सर्लाही प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

यता नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले संचारकर्मी महतोको घटनाको छानबिन गरी दोषी उपर कारवाही तथा उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न माग गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif