Saturday, 15th August, 2026
वि.स.

टिकटक सञ्चार मन्त्रालयमा सूचीकृत

tiktok-1730878181.jpg

सामाजिक सञ्जाल टिकटक औपचारिक रूपमा सञ्चार मन्त्रालयमा सूचीकृत भएको छ। ठूला करदाता कार्यालयमा पहिला नै दर्ता भएको टिकटकले मंगलबार मन्त्रालयबाट पनि दर्ता प्रमाणपत्र प्राप्त गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले तिहारअघि नै मन्त्रालयमा सूचीकृत भए पनि मंगलबार मात्रै पत्र बुझेको जानकारी दिए।

‘नेपालको कानुन मान्न तयार भएपछि प्रतिबन्ध फुकाइएको थियो, अहिले दर्ता भयो,’ ठाकुरले भने, ‘अब नेपाल सरकारले तोकेका सर्त मानेर नेपालमा चल्छ।’

सञ्चार मन्त्रालयले सबै सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन भने पनि अहिलेसम्म ३ वटा मात्रै दर्ता भएका छन्। दर्ता हुनेमा भाइबर, वीटक र टिकटक रहेको मन्त्रालयले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif