Saturday, 22nd August, 2026
वि.स.

झ्याङछुप फुन्चोक छोइलिङ गुम्बामा शुभकाना कार्यक्रम

Gumbaaa-01-1572069554.JPG

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ मा रहेको झ्याङछुप फुन्चोक छोइलिङ गुम्बाको आयोजनामा तिहार तथा छठपर्वको अवसरमा शुभकामना आर्दान प्रदान तथा चियापान कार्यक्रम भएको छ । गुम्बाको आयोजनामा थाहा–३ का वडा अध्यक्ष राजेश केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । 

थाहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपालीको विशेष आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथी केसी, विशेष अतिथी गोपाली, २ नम्बर वडा सदस्य विष्णु बहादुर थापा, विकास खबरपत्रिकाका सम्पादक कुमार नेगी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वक्ताहरुले १० वर्ष अघि निर्माण थालिएको झ्याङछुप फुन्चोक छोइलिङ गुम्बाको निर्माण सम्पन्न गर्नका लागि पहल आवश्यक भएको बताएकाछन् । प्रमुख अतिथी केसी तथा वडा नम्बर १ का वडा अध्यक्ष गोपाली र २ नम्बर वडा सदस्य थापाले नगरको आगामि योजना तर्जुमामा गुम्बा निर्माण सम्पन्न गर्नका लागि पहल गर्ने बताए । उनीहरुले गुम्बाको लागि आर्थिक स्रोत जुटाउन अन्य विकास साँझेदारको पनि खोजी गरिने बताए ।  

कार्यक्रमका प्रमुख अतिथी तथा अतिथिहरुलाई शंकर तामाङले स्वागत गरेका थिए । तामाङले स्वागत मन्तव्यका क्रममा गुम्बा सबैको साझा सम्पत्ती भएकोले यसलाई समयमै निर्माण सम्पन्न गर्नका लागि सबै पक्षहरुबाट सहयोग आवश्यक भएको औल्याउँदे सहयोगका लागि अपील  गरेका थिए । झ्याङछुप फुन्चोक छोइलिङ गुम्बाका अध्यक्ष हर्क बहादुर तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य बमबहादुर सिन्तान, फरकसोच अभियानका संयोजक यादवजंग रायमाझी, गुम्बाका प्रमुख लामा पासाङ लामा, लामा ज्योमो÷आनीहरु, थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल, दामन एफएमका स्टेशन मेनेजर यचपूर्ण कार्की, गुम्बा निर्माण समिति तथा पुजा समितिका पदाअधिकारीहरुलगायतकाको उपस्थिती रहेको थियो । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif