Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

झम्केश्वरी मावि र कृषि विज्ञान केन्द्रबीच जग्गा भोगाधिकार सम्झौता

AFU-Palung-1601391141.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ मा रहेको झम्केश्वरी मावि र कृषि विज्ञान केन्द्रबीच जग्गा भोगाधिकार सम्बन्धी सम्झौता भएको छ । वि.सं. २०७४ सालबाट कृषि तथा वन विज्ञान विश्वविद्यालय अनुसन्धान तथा प्रसार निर्देशनालय रामपुर क्याम्पस चितवनले संचालनमा ल्याएको कृषि विज्ञान केन्द्रका लागि विद्याललयले १० रोपनी जग्गा दिने सम्झौता गरेको हो । सम्झौतामा कृषि तथा वन विज्ञान विश्वविद्यालयका निर्देशक प्रोफेसर डाक्टर नवराज देवकोटा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप प्रधानले हस्ताक्षर गरेका छन् । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट, वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपाली लगायतको रोहवरमा भएको जग्गा भोगाधिकार हस्तान्तरण कार्यक्रममा झम्केश्वरी मावि व्यवसथापन समितिका पूर्व अध्यक्षहरु घनश्याम अमात्य, धर्म प्रधान, थाहा नगरपालिकाका रानीतिक सल्लाहकार विष्णु विष्ट, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, वडा नम्बर १ का सदस्य सुन्दरमान प्रधान, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु रीता प्रधान, गिता लामिछानेलगायतकाको उपस्थिती रहेको थियो ।

कृषि विज्ञान केन्द्र पालुङकी कृषि विकास अधिकृत अमिता पण्डेयले संचालन गरेको उक्त कार्यक्रममा नगर प्रमुख लवशेर विष्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप प्रधान, प्रधानाध्यापक उद्धव आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।  उक्त अनुसन्धान केन्द्रमा कृषि तथा वन सम्बन्धी अनुसन्धानात्मक कार्य हुने कृषि प्राविधिक संगिता खतिवडाले जानकारी दिइन् ।  कार्यक्रम कृषि तथा वन विज्ञान विश्वविद्यालयका निर्देशक प्रोफेसर डाक्टर नवराज देवकोटाको सभाध्यक्षतामा भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०