Sunday, 23rd August, 2026
वि.स.

जोनले किसानलाई दियो प्रोत्साहन अनुदान

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन इकाई तरकारी जोन मकवानपुरले १७ साउनमा एक कार्यक्रमको आयोजना गरी कृषकहरुलाई प्रोत्साहन स्वरुप ७ लाख रुपैया अनुदान वितरण गरेको छ ।

थाहा नगरपालिका वडा नं. ४ स्थित शंकर होटलमा एक कार्यक्रमको आयोजना गरी  इन्दसरोवर गाउपालिका र थाहा नगरपालिकाको ४९ वटा कृषक समुहका ५ सय ६७ जना कृषकलाई ७ लाख रुपैया अनुदान रकम वितरण   गरिएको जोनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सुजन अम्गाइले   जानकारी दिए । 

जोन सञ्चालक समितिका अध्यक्ष सुदर्शन विष्टको अध्यक्षतामा सञ्चालित कार्यक्रममा आर्थिक वर्ष २०७५/०७६ मा जोनले सञ्चालन गरेको प्रोत्साहन अनुदान कार्यक्रम तरकारी बालीको उत्पादनमा १० प्रतिशत उत्पादकत्व वृद्धी तथा तरकारी बालीको क्षेत्र विस्तार गर्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरिएको जोन कार्यन्वयन इकाई    मकवानपुरका प्रमुख अम्गाइले जानकारी दिए । कार्यक्रममा किसानहरुको उल्लेख्य उपस्थिती  रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif