Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जैविकमा जाने प्रतिबद्धता

सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) को आयोजनामा ३ दिने आइपिएम तथा कम्पोष्ट मल व्यवस्थापन तालिम संचालन गरेपछि किसानहरुले जैविकमा जाने बताएकाछन् । मकवानपुरको चित्लाङमा कार्तिक ९ कार्तिकमा सम्पन्ज्न तालिमका सहभागीहरुले यस्तो बताएका हुन् ।

जिल्ला कृषि विकास कार्यालय मकवानपुरको समन्वयमा भएको तालिममा चित्लाङ गाविसका २५  जना कृषकहरु सहभागी थिए । सहभागीहरुलाई कृषि विकास कार्यालय मकवानपुरका वरिष्ठ कृषि विकास अधिकृत निर्मल गदाल, कृषि सेवा केन्द्र दामनका कृषि प्राविधिक मधुसुदन आचार्य र सिसिडिएनका प्रतिनिधिले सहजीकरण गरेका थिए ।