Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जेसीबी दुर्घटनाका घाइते थाहानगरमा पुर्णध्वजको ज्यान गयो

JCB-1591267546-1591324847.jpg

गणेशमान मार्ग अन्तर्गत चित्लाङ–थानकोट सडकको सेतो पहरामा २२ जेठमा जेसीबी दुर्घटना हुँदा गम्भीर घाइते भएका थाहा नगरपालिकाका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा परी घाइते भएका थाहा–४ का ३२ वर्षिय पूर्णध्वज केसीको काठमाण्डौ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा राती ११ः४० मा मृत्यु भएको सेन्टरले जनाएको छ । 

ना १ क ७२९३ नम्बरको जेसीबी अनियन्त्रित भएर दुर्घटना भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएले छ । मकवानपुरको थाहा नगरपालिकाबाट थानकोट तर्फ जाँदै गर्दा भएको दुर्घटनामा जेसीबीमा रहेका नवलपरासीका २४ वर्षिय अनिल मगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।