Wednesday, 19th August, 2026
वि.स.

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

Baitadi-Jeep-Accident-1625390531.jpg

२० असार बिहान बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले उपचारका लागि लैजाने क्रममा धामीको मृत्यु भएको जानकारी दिए ।

२० असार बिहान सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ जादै गरेको से १ ज ७३९ नम्बरको जीपमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए।

घाइतेहरुमध्ये अझै थप ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । चालक र गाडी मालिक भने फरार भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif