Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जिसस मकवानपुरद्वारा इन्द्रसरोवर गाउँपालिकामा अनुगमण

IMG_4221-1593485682.jpg

जिल्ला समन्वय समिति मकवानपुरले उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अनुगमण गरेको छ । सोमबार जिसस प्रमुख रघुनाथ खुलालको नेतृत्वको टोली गाउँपालिकाको गतिविधि, योजनाहरुको अवस्था, विकास निर्माण, सामाजिक, आर्थिक, प्रशासनिक लगायतका विषयमा जानकारी लिनुभएको थियो । अनुगमण गर्दै जिसस प्रमुख खुलालले कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको कारण आगामी बजेट कृषि र पर्यटनलाई प्राथमिकता दिदै रोजगार सिर्जना हुने खालको ल्याउन सुझाब दिनुभयो । 

No description available.

उहाँले स्थानीय तहको योजनाहरु जनमैत्री हुनुपर्ने, सामुदायिक रेडियो सँग सहकार्य गरेर जनतासम्म सूचना प्रवाह गर्नुपर्ने, कर्मचारी कल्याण कोष स्थापना गर्नुपर्ने, ढुंगा गिट्टी बालुवालाई व्यवस्थित उपयोग, लकडाउनको अवधिभरको लागि विद्यार्थीहरुको पठनपाठन व्यवस्थापनका लागि दुरशिक्षा प्रणाली अन्तर्गत स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्ने, वर्षामा आउन सक्ने विपदको लागि सजग रहनुपर्ने लगायतका विविध विषयमा ध्यान दिन सुझाब दिनुभयो । जिल्लामा सामाजिक कार्यमा इन्द्रसरोवर अग्र दिनुभयो ।

No description available.

अनुगमणका क्रममा सुझाब दिदै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले गाउँपालिकाले सञ्चालन गरेको योजनाहरुको अनुगमण परिणाममुखी हुनुपर्ने बताउनुभयो । साथै उहाँले कोरोनाको कारण उत्पन्न विषम परिस्थितिमा गाउँपालिकाले विदेशमा रहेकाहरुको संख्याको विवरण राख्नुपर्ने र होम क्वारेन्टाइनको अवस्थालाई व्यवस्थापन गर्न सुझाव दिनुभयो ।

No description available.
गाउँपालिकाको मुख्य मुख्य कार्य र प्रगतीको बारेमा जानकारी दिदै गाउँपालिकाका अध्यक्ष जीवन लामाले गाउँपालिकाको टिमले नतिजामुखी भएर काम गरिरहेका बताउनुभयो । अनुगमनमा जिसस उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायतको सहभागिता थियो ।

No description available.

साथै सोमबारनै उक्त टोलीले इन्द्रसरोवरको सिस्नेरीमा ढुंगा गिट्टी उत्खनन्को अवस्था र इन्द्रसरोवर २ कुलेखानीमा करिब २५ लाखको लागतमा निर्माण हुँदै गरेको गाउँपालिका स्तरिय खेलकुद मैदानको समेत अनुगमण गरेको छ ।

No description available.



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।