Friday, 21st August, 2026
वि.स.

जिससमा सूचना तथा अभिलेख केन्द्र स्थापना

suchana-kendra-(1)-1582041214.jpg

जिल्ला समन्वय समिति मकवानपुरमा सूचना तथा अभिलेख केन्द्र स्थापना भएको छ । सूचना केन्द्रको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले ६ फागुनमा उद्घघाटन गरे ।

जिल्ला स्थित स्थानीय तहहरूले तर्जुमा गरेका कानुनहरु अभिलेखिकरणका लागि जिल्ला सुचना तथा अभिलेख शाखा स्थापना भएको हो । सुचना केन्द्रबाट सार्वजनीक सरोकार एवम् चासोका विषय तथा जिल्ला स्थित स्थानीय तहहरुको विकास निर्माण साथै सेवा प्रवाह, जिल्ला समन्वय समितिबाट गरिने विभिन्न अनुगमनका सुचनाहरुको बारेमा जानकारी प्राप्त गर्न सकिने जिल्ला समन्वय समिति मकवानपुरका प्रेस संयोजक एवम् सुचना तथा अभिलेख शाखा प्रमुख बिश्वराम अधिकारी (विवश) ले जानकारी दिए ।  

उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, शाखा अधिकृत भीमलाल महर्जनलगायत सहभागी थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif