Tuesday, 18th August, 2026
वि.स.

जिल्ला परिषद् नतोक्न निर्देशन

सरकारले फागुनको तेस्रो हप्तासम्म जिल्ला परिषद् नतोक्न निर्देशन गरेको छ । स्थानीय चुनावको मिति घोषणा भएको र स्थानीय तह कार्यान्वयनको तयारी भइरहेकाले तत्काल परिषद् नगर्न जिविसहरूलाई निर्देशन दिएको बताइएको छ । 

जिविसहरुले जिल्ला परिषदका लागि औचारिक पत्र पठाएर परिषद् गर्नेरनगर्नेबारे स्पष्ट पार्न अनुरोध गरेपछि मन्त्रालयले तत्काल नगर्न भनेको छ । 
स्थानीय निकाय स्रोत परिचालन कार्यविधिअनुसार जिविसहरूले फागुन मसान्तभित्र अगामी बर्षको नीति तथा कार्यक्रम परिषदबाट अनुमोदन गराउनु पर्ने व्यवस्था छ । नयाँ स्थानीय तह कार्यान्वयन हुँदा जिविस कार्यकारी भूमिकामा नरहने हुँदा परिषद् गर्ने कि नगर्ने भन्दै विगतदेखि नै अन्योल हुँदै आएको छ । 

परिषद् नहुने र स्थानीय तह पनि कार्यान्वयन नहुने हो भने वित्तीय आयोगले परीक्षण गर्ने न्यूनतम् शर्त तथा कार्यसम्पादन मापन ९एमसीपीएम० मा जिविसहरू अनुत्तिर्ण हुनेछन् ।

यस्तो छ पत्र:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif