nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जिरीमा उपविजेता बन्यो थाहा नगरपालिका

vll-1699161714.jpg

दोलखाको जिरीमा १५ कात्तिकदेखि जारी बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिवल च्याम्पियनशिप प्रतियोगितामा थाहा नगरपालिका उपविजेतामा सीमित हुन पुगेको छ । 

जिरीमा भर्खरै  सम्पन्न प्रतियोगिताको फाइनलमा थाहानगर भरतपुर महानगरपालिकासँग पराजित भएको छ । यससँगै थाहा नगरपालिका च्याम्पियनशीपको दोस्रो स्थानमा रहन पुगेको हो । 

प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शनका बावजुद थाहा नगरपालिका उपविजेतामै  सीमित हुनुपरेको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए । 

थाहानगरपालिकाको खेलको उच्च प्रशंसा गर्दै जिरीमै रहेका थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले थाहानगरपालिका खेलकुदमा पनि अब्बल रहेको बताए । सो क्रममा नगर उपप्रमुख भरत गोपालीले थाहा नगरपालिका भलिवलमा बागमती प्रदेशकै दोस्रो स्थानमा रहनुको ऐतिहासिक महत्व र प्रतिष्ठा रहेको बताए । 

प्रतियोगितामा सहभागी हुन १४ कात्तिकमा १५ जनाको टोली जिरी पुगेको थियो । खेलाडीहरुलाई हौसला प्रदान गर्न नगर प्रमुख विष्ट, उपप्रमुख गोपाली, खेलकुद विकास समिति सदस्य राजकुमार बलामी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायत जिरी पुगेका थिए । 

उपविजेताको  रु. १,०१,००० नगद पुरस्कार, पदक र प्रमाणपत्र लिएर थाहानगर टोली आजै फर्किने कार्यक्रम रहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)