Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जबरजस्ती करणीको आरोपमा हेटौंडाका एकसहित तीन जना पक्राउ

JAJAKA-1600743112.jpg

एउटै स्थानमा काम गर्ने महिलालाई जबर्जस्ती करणीका आरोपमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का २८ वर्षीय अमृत खड्कासहित तीन युवालाई पक्राउ गरी काभ्रेपलाञ्चोक प्रहरीले सार्वजनिक गरेको छ ।

आफूलाई जबर्जस्ती करणी गरेको भनी पीडितले दिएको उजूरीपछि पक्राउ पर्नेमा हेटौंडाका खड्कासंगै काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ घर भई धुलिखेल नगरपालिका–४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्ने २२ वर्षीय विशाल आले र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्त युवाले रामेछापकी महिलालाई विभिन्न मितिमा डर, त्रास र धम्की दिई पटकपटक जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपित तीन युवा सोही पोल्ट्री फर्ममा काम गर्ने मजदूर हुन् । शनिबार पक्राउ परेका युवाविरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।