Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जन्मदिनको अवसरमा अध्यक्ष भुजेलद्धारा विद्यार्थी अक्षयकोष स्थापना

Bhukk-1602550258.jpg

भुजेल विद्यार्थी मञ्च केन्द्रिय कार्य समिति अध्यक्ष ज्ञानु भुजेलले आफनो जन्म दिनको खर्च कटाएर ५ हजार बराबरको विद्यार्थी राहत अक्षयकोष स्थापना गरेकी छिन् । आफनो जन्मदिनको अवशर पारी गरिब, विपन्न तथा कमजोर आर्थिक अवस्था भएका भुजेल विद्यार्थीहरुलाई राहत स्वरुप सहयोग गर्ने उदेश्यले विद्यार्थी राहत अक्षयकोष स्थापना गरेको अध्यक्ष भुजेलले बताईन् ।

जन्मदिनमा केक काट्ने, मनोरञ्जन गर्ने खर्चलाई जोगाएर समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्यले अक्षयकोषको स्थापना गरेको हो । उनले भनिन् ‘जन्मदिनको बहानामा हुने अनावश्यक खर्चलाई न्युनीकरण गरी विद्यार्थी राहत अक्षयकोषमा जम्मा गर्ने अभियान सुरु भएको छ ।’

भुजेल विद्यार्थी मञ्चको नाममा सञ्चालीत उक्त विद्यार्थ राहत अक्षयकोषमा देशभरीबाट जोकोहिले आर्थीक सहयोग गर्न सक्ने भएकाले इच्छुक सबैलाई अनावश्यक खर्च कटाएर उक्त अभियानमा सहयोग गर्न उनले आग्रह समेत गरेकी छिन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०