Tuesday, 18th August, 2026
वि.स.

जनसाहित्य लेखक संघमा थाहानगरका बिर्खे अञ्जान उपाध्यक्षमा चयन

Birkhe-1614265604.jpg

मकवानपुर जिल्ला भरको स्रष्टाहरूको बृहत् जमघट मार्फत जन सांस्कृतिक महासंघ र त्यसको घटक संगठन बिस्तारि बैठक भएको छ ।  नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्जार्ज रामेश्वर रानाको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा जिल्ला सदस्यहरू राजु वाइवा, सुरेन्द्र बिष्ट, फुर्वा दोर्जे लामा तथा जन साहित्य मञ्चका केन्द्रीय सदस्य मसान उपासक, चलचित्र मञ्च नेपालका प्रकाश दाहाल, संगीतकार श्याम श्रेष्ठ, चलचित्र कर्मी महमत समित खाँनको आथित्यता रहेको थियो । 

भेलालाई राष्ट्रिय सांस्कृतिक महासंघको केन्द्रीय सदस्य आशाकाजी श्रेष्ठ, संञ्चारकर्मी धर्मेन्द्र दाहाल र नेकपा जिल्ला सदस्य रमिला घलानले स्वागत तथा शुभकामना मन्तब्य व्यक्त गरेका थिए । जिल्ला भरि छरिएर रहेका कलमकर्मीको प्रतिनिधि स्रष्टाहरूको जमघट भएको सो कार्यक्रम जन साहित्य लेखक मञ्च मकवानपुरको जिल्ला स्तरिय समिति समेत गठन भएको थियो । गठित समितमा अध्यक्ष गणेश तिमिल्सिना हेटौंडा ६, उपाध्यक्ष बिर्खे अञ्जान थाहा ३, सचिव बिशाल अधिकारी हेटौंडा १४ सहसचिव अमृता लामिछाने बकैया ६ कोषाध्यक्ष हरि अधिकारी हेटौंडा ९ रहेका थिए भने सदस्यहरूमा चिरञ्जीवि लामिछाने बकैया ५, भद्रध्वज गौतम थाहा ४ कृष्ण पोखरेल भिमफेदी, नीशा पुडासैनी, नवीन अधिकारी मकवानपुर गढी, अभि मैनाली, कुबेर पराजुली, सन्तोष घिमिरे मकवानपुर गढी र शिव जि चौहान सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानाले भाषा साहित्य राष्ट्रको गहना हो र संस्थागत साहित्यको बिकासको लागि स्रष्टाहरू एक जुट हुनुपर्ने र नीतिगत रूपमा स्थानीय तह लगायत राज्यको संयन्त्रले उचित ब्यबस्थापनमा जोड दिनुपर्ने तर्क राखे । कार्यक्रम सिद्धान्त स्कुलको सभाकक्षमा  आयोजना भएको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif