Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जनप्रतिनीधिलाई विद्यालयको स्वागत, अध्यक्षबाट भवन पनि शिलन्यास

ीभपबिष-01-1497781091.jpg

भीमफेदी गाउँपालिकाको लेकाली बसिफाँट माध्यमिक विद्यालयले एक समारोहकाबीच नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई स्वगत गरेको छ । भीमफेदी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष प्रकाश पुडासैनीसहित सदस्यहरुलाई विद्यालयले स्वागत गरेको हो । जनप्रतिनीधिहरुलाई विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद लामाले स्वागत गरेका हुन् । 

जनप्रतिनीधि स्वागत कार्यक्रमको अवसरमा वडा अध्यक्ष प्रकाश पुडासैनीले लेकाली बसिफाँट माध्यमिक विद्यालयको दुई कोठे भवन शिलन्यास गरेका छन् । 

लेकालीमा शिक्षा मन्त्रालयको १९ लाख र जिल्ला शिक्षा कार्यालय मकवानपुरका २२ लाख अनुदान रकमबाट दुई वटा दुई/दुई कोठे भवन निर्माण गर्न लागेको हो । लेकाली बसीफाँटलाई आवाशिय विद्यालय बनाउने लक्ष्यकासाथ काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद लामाले जानकारी दिए ।