Wednesday, 26th August, 2026
वि.स.

जनता आवास निर्माणको लागि मकवानपुरमा २ करोड ९९ लाख

pradesh-3-1604553963.jpg

मकवानपुर जिल्लामा जनता आवासका लागि बागमती प्रदेश सरकारले २ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ । यही रकमबाट अब जिल्लामा २ सय घर निर्माण गरिने भएको छ । आर्थिक रूपले अति विपन्न तथा लोपोन्मुख र सीमान्तकृत समुदायका अति गरिबलाई निजी घरको व्यवस्था गर्न बजेट छुट्याइएको हो । आर्थिक वर्ष ०७५।७६ देखि संघीय सरकारले जनता आवास कार्यक्रम प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

चालु आवको यो बजेटबाट मकवानपुरमा २ सय भवन निर्माण गर्ने योजना छ । जनता आवास कार्यक्रम कार्यविधि तयार पारेर लाभग्राही छनोट कार्यक्रम अगाडि बढिसकेको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मकवानपुर चेपाङ र वनकरिया समुदायको बसोबास भएकाले आवास भवन निर्माण गर्नेको संख्या बढी छ । मकवानपुरमा आव ०६७ देखि नै जनता आवास कार्यक्रम सञ्चालित छ । ०६७ यता ७ सय घर निर्माण भइसकेका छन । एउटा आवास निर्माण गर्न सरकारले लाभग्राहीलाई ३ लाख ३२ हजार ५ सय रुपैयाँ ३ किस्तामा प्रदान गर्ने गरेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको ५ पालिकामा यो कार्यक्रम लागू भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif