Tuesday, 18th August, 2026
वि.स.

जनजागरण शिक्षा सहकारीको साधारणा सभा सकियो

थाहा नगरपालिकाको बज्रवाराहीमा स्थापित जनजागरण शिक्षा सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सोमबार बज्रवाराहीमा सम्पन्न भएको छ ।  केन्द्रीय कृषि सहकारी संघको लेखा समितिका संयोजक महेश्वर सुवेदीको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन कार्यक्रम गरिएको थियो । थाहा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सशिधर सुवेदी कार्यक्रमको विशेष अतिथि थिए । साथै उक्त कार्यक्रममा स्थानीय राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा संस्थाका अध्यक्ष मेघराज बलामीले संस्थाको वार्षिक प्रगति तथा नीति, कार्यक्रमसम्बन्धी विवरण प्रस्तुत गरेका थिए । २५ लाख ४५ हजार सात सय रुपैया शेयर पूँजी रहेको उक्त सहकारी संस्थाले यस वर्ष ९ लाख ६४ हजार ८ सय ३४ रुपैया खुद नाफा गरेको छ । कार्यक्रममा उत्कृष्ट शैक्षिक बचततर्फ सोमलाल गोपाली, उत्कृष्ट शैक्षिक कर्जातर्फ सुकदेव बलामी, उत्कृष्ट खुत्रुके बचततर्फ विकास भट्ट तथा गत शैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याउन सफल निशान्त बलामीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष मेघराज बलामीको अध्यक्षतामा सम्पन्न भएको थियो ।  संस्थाले बज्रवाराहीको सरस्वति विद्या मन्दिर संचालन गरिरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif