Saturday, 22nd August, 2026
वि.स.

जनकल्याण मावि छपन्न साल व्याचको भेला

JKMV-1581938471.jpg

थाहा नगरपालिकाको पालुङमा रहेको जनकल्याण माविमबाट २०५६ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीहरुको भेला काठमाण्डौंमा सम्पन्न भएको छ । 

सामुहिक रुपमा आफूले अध्ययन गरेको विद्यालयलाई कसरी सहयोग गर्न सकिन्छ र आगामी दिनमा कसरी सँगै अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गर्न भेला आयोजना गरिएको आयोजकमध्यका अगुवा जीवन बस्नेतले बताए । 

काठमाण्डौंको रातो भाले रेष्टुरेन्टमा भएको भेलामा सहभागीहरुले अहिले आफूहरु विभिन्न पेसा र क्षेत्रमा कार्यरत भइरहँदा यहाँसम्म ल्याउन शिक्षा प्रदान गर्ने विद्यालयलाई केही गर्नु पर्नेमा जोड दिएका थिए । भेलाले २०५६ साल ब्याचका विद्यार्थीहरुबाट प्रवेश शुल्क पाँच सय रुपिया र वार्षिक एक हजार २ सयका दरले रकम सकलन गर्ने र थाहा नगरपालिकाको शिक्षा विकासको क्षेत्रमा काम गर्ने निर्णय गरेको छ । 

‘विद्यालयलाई सहयोगसँगै हामी सामाजिक क्षेत्रमा पनि सँगै अघि बढ्छौं’ बस्नेतले भने । मकवानपुरे सेवा समाज र रोटरी क्लब अफ थाहामा समेत आवद्ध रहेका बस्नेतले जनकल्याण माविमा अध्ययन गरेका अन्य व्याचका विद्यार्थीहरुले पनि यसैगरी सहयोगी भावनाको साथ अघि बढे गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif